मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो नाइट क्लवको मजा लिन पाइने रेल ? किन छ चर्चामा ?

काठमाडौँ – जर्मनीमा भर्खरै नाइट क्लबको मज्जा लिन पाइने रेल सुरु भएको छ । न्युरेम्बर्गबाट ​​ चल्ने यो ‘टेक्नो ट्रेन न्युरेम्बर्ग’ रेल सात घण्टाको ननस्टप यात्रा प्रदान गर्दछ। 

यसमा मानिसहरूले कुल ७ घण्टाको रेल यात्रामा नाइट क्लबजस्तै भव्य पार्टी गरिरहेका छन् । झ्यालबाट यात्राको दृश्यको आनन्द लिन पाइन्छ ।

नाइट क्लव जस्तो यो रेल  सुन्दर बाभेरिया हुँदै जान्छ र यात्रुहरूले जर्मन ग्रामीण इलाकाको शानदार दृश्यको समेत मज्जा लिन पाउँछन् ।

डान्स फ्लोर र सङ्गीतदेखि लिएर पेय पदार्थ र खानासम्म ७ घण्टासम्म सबै कुराको मजा लिन पाईने यो रेल विहान म्यूनिखमा रोकिन्छ।

बाहिरको मनमोहक दृश्य र रातको बत्तीसँगै रेलको सङ्गीतले पार्टीलाई फरक माहौल दिन्छ। रेल सुरुङ र ओभर ब्रिजबाट गुज्रने बित्तिकै मानिसहरू हाँस्न र रमाइलो गर्न थाल्छन्।

जब यो रमाइलो ट्रेनको भिडियो इन्स्टाग्राममा भाइरल भयो, मानिसहरूले यसमा धेरैले चासोका साथ प्रतिक्रिया जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?