काठमाडौँ – जर्मनीमा भर्खरै नाइट क्लबको मज्जा लिन पाइने रेल सुरु भएको छ । न्युरेम्बर्गबाट चल्ने यो ‘टेक्नो ट्रेन न्युरेम्बर्ग’ रेल सात घण्टाको ननस्टप यात्रा प्रदान गर्दछ।
यसमा मानिसहरूले कुल ७ घण्टाको रेल यात्रामा नाइट क्लबजस्तै भव्य पार्टी गरिरहेका छन् । झ्यालबाट यात्राको दृश्यको आनन्द लिन पाइन्छ ।
नाइट क्लव जस्तो यो रेल सुन्दर बाभेरिया हुँदै जान्छ र यात्रुहरूले जर्मन ग्रामीण इलाकाको शानदार दृश्यको समेत मज्जा लिन पाउँछन् ।
डान्स फ्लोर र सङ्गीतदेखि लिएर पेय पदार्थ र खानासम्म ७ घण्टासम्म सबै कुराको मजा लिन पाईने यो रेल विहान म्यूनिखमा रोकिन्छ।
बाहिरको मनमोहक दृश्य र रातको बत्तीसँगै रेलको सङ्गीतले पार्टीलाई फरक माहौल दिन्छ। रेल सुरुङ र ओभर ब्रिजबाट गुज्रने बित्तिकै मानिसहरू हाँस्न र रमाइलो गर्न थाल्छन्।
जब यो रमाइलो ट्रेनको भिडियो इन्स्टाग्राममा भाइरल भयो, मानिसहरूले यसमा धेरैले चासोका साथ प्रतिक्रिया जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया