मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली श्रद्धालु बोकेर भोली भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने

काठमाडौं – भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा जान चाहेका नेपाली श्रद्धालुहरूका लागि भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने भएको छ ।

भारतीय रेल्वेले २० डब्बा भएको रेल जनकपुरधाम पठाउन लागेको हो । उक्त रेल नेपाली श्रद्धालु बोकेर भोली जनकपुरधामबाट अयोध्याका लागि छुट्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले जानकारी दिए ।

उनले परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावास मार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?