मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली हलमा विदेशी फिल्मको दबदबा

काठमाडौं – नेपाली हलमा विदेशी फिल्मको दबदबा जारी रहँदा शुक्रबार ‘हनुमान’ र ‘द बिकिपर’ रिलिज भएका छन् । प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । तेजा सिज्जा स्टारर यो एक्सन–एड्भेन्चर ड्रामालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

अन्जान्दरी नामक एक काल्पनिक थलोमा फिल्मको मुख्य पात्रले हनुमानबाट शक्ति प्राप्त गर्छ । त्यसपछि उसले अन्जान्दरीका लागि संघर्ष गर्छ । एक्सन फिल्ममा रुचि राख्नेका लागि यो फिल्म दर्शनीय हुनसक्छ ।

शुक्रबार नै नेपालमा प्रतीक्षित हलिउड फिल्म ‘द बिकिपर’ पनि रिलिज भएको छ । जेसन स्थाथम स्टारर यो एक्सन थ्रिलर फिल्मलाई डेभिडर आयरले निर्देशन गरेका हुन् ।

एक शक्तिशाली र गुप्त संगठनको पूर्वसञ्चालक बिकिपर भएको खुलासापछि बदलाको लागि एक क्रूर अभियान सञ्चालन हुन्छ । मुलुकलाई नै जोखिममा राखेर यो मिसन चलाइन्छ । यो फिल्म थ्रिलर कथावस्तुमा छ । अहिले पनि नेपालमा द मिल्लर, मेरी क्रिसमस, डंकी, सलार र आक्वाम्यान पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?