मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनन्या पान्डे र आदित्य रोय कपुर विवाह बन्धनमा बाँधिदै

काठमाडौं –बलिउडमा बेला बेला केही खबर बाहिर आइरहेको हुन्छ । यसैबीच बलिउड अभिनेत्री अनन्या पान्डे र आदित्य रोय कपुरबिच अफेयर चलिरहेको लामो समयदेखि अफवाह छ । अफेयरको अड्कलबिच दुवै जना बिहे गर्न लागेको खबर पनि आउन थालेको छ ।

दुवै जना यो वर्ष वैवाहिक बन्धनमा बाँधिन सक्ने हल्ला चलिरहेको छ । यही अनुमानमा अनन्याका पिता अभिनेता चंकी पान्डेको एउटा रियाक्शनले आगोमा घ्यू हाल्ने काम गरेको छ ।

आदित्य र अनन्याले अहिलेसम्म सिधै अफेयर स्वीकार गरेका छैनन् । तर बेला बेलामा यी दुईको कुराकानीले दुवै जना प्रेमसम्बन्धमा हुन् कि भन्ने संकेत चाहिँ दिइरहेको छ । केही फ्यानहरूले त यिनीहरूलाई विवाहित दम्पतीको रुपमा हेर्न पाए पनि हुने भन्न थालेका छन् ।

चंकी पान्डेले एउटा पोष्टमा लाइक गरेपछि दुवैको अफेयरको अनुमान झनै चुलिएको छ । यही रिएक्शनकै आधारमा फ्यानहरुले अनन्या र आदित्य सन् २०२४ मा बिहे गर्छन् कि भनेर सोच्न थालेका छन् । चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले फिल्म स्टुडेन्ट अफ द इयर २ बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

एक जना रेडिट युजरले अनन्या पान्डे फ्यान पेजबाट एउटा भिडियो कोलाजको स्क्रिनशट शेयर गरेका थिए । यसको क्याप्शनमा भने र्युमर्ड कपलको २०२४ मा बिहे भनेर लेखिएको थियो । पोष्ट शेयर हुने बित्तिकै लाइक र कमेन्टको वर्षा हुन सुरु भयो । यो पोष्टमा चंकीको लभ इमोजी पनि थियो ।

पोष्टमा एक जना फ्यानले अनन्या र आदित्य आफ्नो बिहेको परम्परागत लूकमा निकै राम्रो देखिनेछन् लेखेका छन् । अर्का एक जनाले चाँहि ‘उनी निकै भाग्यमानी छिन्, पतिको रुपमा सबैभन्दा सेक्सी पुरुष पाउनेछिन्, यिनीहरु दुवै रामो देखिनेछन्’, भन्दै कमेन्ट गरेका छन् ।

अनन्याले आदित्यबारे दिएका टिप्पणी पनि निकै भाइरल भइरहेका छन् । कामको कुरा गर्ने हो भने यतिबेला अनन्या खो गए हम कहाँको सफलताको स्वाद चाखिरहेकी छिन् । यो फिल्ममा उनको अभिनयले निकै तारिफ बटुलिरहेको छ ।

आदित्य मेट्रो इन दिनोमा सारा अलि खानसँग देखिँदैछन् । द नाइट म्यानेजरमा आदित्यको अभिनयको आलोचक र फ्यानहरुले निकै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?