मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हड्डि बलियो बनाउन चाहानुहुन्छ ? त्यस्ता छन्, घरेलू उपाय

काठमाडौं – मानिसको उमेर संग–संगै हड्डी पनि कमजोर हुन थाल्छ । हरेक काम सजिलोसंग गर्न सक्ने पहिले जस्तो बल हुँदैन । कहिलेकाहिँ त हड्डी एकदम कमजोर हुन्छ, त्यो स्थितिलाई अस्टियोपोरोसिस भनिन्छ ।

जसकारण हड्डी पनि भाँचिन पनि सक्छ र कहिलेकाहिँ त हड्डी यति धेरै कमजोर भइसकेको हुन्छ, विस्तारै लड्दा पनि हड्डी टुक्रिन्छ । तपाईलाई याद छ ? प्राय: गरेर कुहिना, नाडी र ढाडको हड्डी भाँचिन्छ ।

अस्टियोपोरोसिस हुनुको कारण शरीरमा सही मात्रामा क्याल्सियम नपुग्नुले पनि हो । यसका साथै पोषक तत्वहरुका कमीका कारण पनि हड्डी कमजोर हुन सक्छ ।

यस्ता छन्, हड्डीलाई बलियो बनाउने घरेलू उपायहरु

दिनहुँ स्याउको सेवन

दिनहुँ एउटा स्याउ खानाले अस्टियोपोरोसिसको समस्या हुँदैन ।

वास्तवमा स्याउमा पोलीफेनोल्स र फ्लभोनोइड्स जस्ता एन्टि–अक्सिडेन्टहरु हुन्छन्, जसले हड्डीलाई स्वास्थ राख्न सहयोग पुऱ्याउँछ ।

स्याउलाई बोक्रा सहित सेवन गर्नु फाइदाजनक हुन्छ ।

हड्डी बलियो बनाउन तिलको सेवन

आहारमा तिलको बियाँ मिसाउनु पर्छ ।

यसको सेवन अस्टियोपोरोसिस हुनबाट रोक्ने सबैभन्दा राम्रो उपाय हो ।

वास्तवमा तिलको बियाँ क्याल्सियमले भरिपूर्ण हुन्छ, जून हड्डीको लागि धेरै फाइदाजनक हुन्छ ।

दिनहुँ एक मुठ्ठि भुटेको सेतो तिल सेवन गर्नु हड्डी का लागि उपयुक्त हुन्छ ।

यसलाई तातो दुधमा हालेर पनि खान सकिन्छ ।

हड्डी बलियो बनाउन भुईँकटहर

भुईँकटहरमा म्यागनीज हुन्छ, जसले अस्टियोपोरोसिस हुनबाट रोक्न सहयोग पुऱ्याउँछ ।

वास्तवमा शरीरमा म्यागनीजको कमीले जोर्नी दुख्ने र हड्डी कमजोर हुन सक्छ ।

त्यसैले खाना खानु भन्दा पहिला थोरै भुइँकटहर सेवन गर्नु आवश्यक छ ।

दिनहुँ भुइँकटहरको जूस पनि पिउन सकिन्छ । यसो गर्दा हड्डी बलियो हुन्छ ।

माछाको तेल बलियो हड्डीका लागि

यदि तपाईँ मांसाहारी हुनुुहुन्छ भने माछाको तेल सेवन गर्न सक्नु हुन्छ ।

एउटा सर्वेक्षण अनुसार माछाको तेल समावेश ओमेगा– ३ फ्याटी एसिड हड्डी र मांसपेशीमा हुने नोक्सानलाई कम गर्छ ।

यद्यपि धेरै मात्रामा माछाको तेल सेवन पनि शरीरका लागि नोक्सानदायक हुन सक्छ ।

त्यसैले कम मात्रामा यसको सेवन गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?