मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्युजिक भिडियोमा ‘हाम्रो चुम भ्याली’

गोरखा– चुम उपत्यकाको प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्त्वलाई श्रव्य–दृश्यमार्फत विश्वसामु पुर्‍याउने उद्देश्यले  ‘हाम्रो चुम भ्याली’ चिनारी नामक म्युजिक भिडियो निर्माण भएको छ ।

स्थानीयवासी समेत रहेका छाङ दोर्जे लामाको शब्द सङ्गीतमा रहेको ‘हाम्रो चुम भ्याली’ मा चुम उपत्यकालाई श्रव्य र दृश्यमा समेटिएको छ ।

चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवासमेत साझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, सांस्कृतिक विविधता एवं विविध पक्ष गीत तथा म्युजिक भिडियोमार्फत उजागर गरिएको गीतका सर्जक छाङ दोर्जे लामाले बताए । 

गीतको शब्द चयन र व्याख्याले समग्र चुम उपत्यकाको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । हिंसात्मक क्षेत्रको रूपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो ।

चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने चलन छ भने डढेलो लगाउन समेत पाइँदैन ।

हिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटक हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसँगको सामीप्यमा रमाउने अवसरसमेत प्राप्त गर्दछन् ।

त्यसैले चुम उपत्यकालाई खुला चिडियाखानाको रूपमा समेत लिइन्छ । यो दृश्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।

चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सांस्कृतिक महत्त्व अलग्गै रहेको छ ।

चुम उपत्यका गुम्बा, राचेन आनी गुम्बालगायत अन्य गुम्बाका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल, बौद्ध हिमाल र शृङ्गी हिमालको दृष्यावलोकनका लागिसमेत उपयुक्त क्षेत्र हो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यका अनुपम प्राकृतिक सुन्दरता र मनोरम दृश्यले भरिपूर्ण क्षेत्र हो ।

साबिकको छेकम्पार र चुम्चेत गाविस समेटिएको सुन्दर र शान्त हिमशृङ्खलाका काखमा रहेको चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?