मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘म को हुँ’ मा सरोज खनालसँग शिल्पाको जोडी

काठमाडौँ– रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको गीत ‘म को हुँ’ रिलिज भएको छ ।

यो गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । यस भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ ।

एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् ।

राम कुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरङ्ग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?