मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन कपाल झर्ने समस्याले आजित छन् अहिलेका युवापुस्ता ?

शरीरको सौन्दर्यमा थप सुन्दरता थपिदिन्छ कपालले । टाउकोमा कपाल भएन भने तपाइको सुन्दरता नै उड्छ भन्दा फरक पर्दैन  । 

समाज जतिसुकै आधुनिक बने पनि छोरी मान्छेको लामो कपाल भएको नै शोभनीय मानिन्छ । केटा मान्छे पनि बाक्लो कपालले नै आकर्षक देखिन्छन् ।

तर पछिल्लो समय भने वयस्क उमेरका युवा- युवतीहरूको नै कपाल झरेर तालु देखिसकेको अवस्था हामीले देख्न सक्छौ । जसले उनीहरको मनोबल समेत घटाइरहेको छ । 

यस कारण नक्कली कपाल  लगाउने ,कपाल ट्रान्सप्लान्ट गर्ने लगायतका गतिविधि निकै बढ्दो  छ ।  

केही वर्ष अघिसम्म ४० काटेका महिला, पुरुषहरूको मात्रै कपाल झर्ने समस्या हुन्थ्यो , अनि तालु देखिन्थ्यो तर अहिले उमेर नै नपुगेका युवाहरूमा कपाल झर्ने समस्या निकै बढ्दो छ । 

कपाल सौन्दर्यको पर्याय पनि हो । पछिल्लो समय कपाल रङ्गाउने ,स्ट्रेट गर्न जस्ता गरिरहेका छन् । ‘जथाभाबी कलर गर्ने अनि आफ्नो कपालको क्वालिटी मापन नगरी मनपर्‍याे भन्दैमा जस्तो पनि बनाइदिने गर्दा पनि कपाल झर्ने समस्या बढेको ’ ब्युटीसियन सुष्मा  महरा बताउँछिन् ।

व्यक्तिअनुसार कपालको प्रकृति फरक- फरक हुने हुँदा कपाल परीक्षण गरेर मात्र स्याम्पु, तेल , कलर ,ट्रिटमेन्ट क्रिम प्रयोग गर्न उनी सुझाव दिन्छिन् । 

यस्तै  ‘ स्ट्रेस ,वंशाणुगत  कारण , ज्वरो , डेङ्गि जस्ता रोगहरूबाट ग्रसित  भएका व्यक्तिहरूमा बढी यस्तो समस्या देखिने  ’ छाला रोग विशेषज्ञ डा‍‍‍.जेविना लामा  बताउँछिन् । 

यस्ता छन् रोकथामका उपायहरु :

-प्रोटिनयुक्त खाना  हरियो सागपात ,फर्सी, सखरखण्ड,जस्ता खानेकुराहरूमा जोड दिने 

-कपालमा धेरै केमिकलको प्रयोग नगर्ने 

-कपाल परीक्षण गरेर मात्र स्याम्पु, तेल , कलर ,ट्रिटमेन्ट क्रिम प्रयोग गर्ने 

-धेरै स्ट्रेस नलिने 

-स्वस्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्ने 

-कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईँको कपाललाई जरैदेखि कमजोर बनाउँछन् ।

त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ । यस कारण  सकेसम्म  यस्ता औजार प्रयोग नगर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?