मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के सन् २०२५ मा इन्टरनेट समाप्त हुन्छ त ?

काठमाडौँ— पछिल्लो समय सामाजिक सञ्जालमा ‘इन्टरनेट एपोक्यालिप्स’ अर्थात ‘इन्टरनेटको सर्वनाश’ भन्ने शब्दको प्रयोगलाई लिएर केही चर्चा चलिरहेका छन् । 

यसका साथै ‘सोलर म्याक्सिमम’ को बारेमा समेत छलफल भइरहेको छ । 

कतिपय खगोल अनुसन्धानकर्ताहरुले त ‘सोलर म्याक्सिमम’ प्रवृत्ति सन् २०२५ मा आफ्नो चरम सीमामा पुग्न सक्ने बताइसकेका पनि छन् । 

यस्तै सन् २०२५ मा जब ‘सोलर म्याक्सिमम’ उचाइमा पुग्छ तब पृथ्वीमा ‘इन्टरनेट एपोक्यालिप्स (Internet Apocalypse) को अवस्था समेत आउन सक्ने बताइएको छ । 

सामाजिक सञ्जालहरूमा धेरै पहिलेदेखि नै सन् २०२५ मा सौर्य आँधीले विश्वव्यापी इन्टरनेट सेवा बन्द हुन सक्ने अफवाहहरू फैलिएका थिए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका रिर्पोटका अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने यस्तो सम्भावनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

तर, इन्टरनेटको अन्त्य भयो भने सधैँ अनलाइन हुनेहरूले के गर्ने भन्ने विषयमा भने धेरै चर्चा तथा चिन्ता भने चलिरहेको छ ।

समाचार रिपोर्टका अनुसार त्यस्ता चिन्ताहरू पूर्णतया काल्पनिक भने होइनन् । तीव्र सौर्य आँधीका कारण समुद्रमुनि सञ्चार केबलको पूर्वाधारमा ठूलो असर पर्न सक्ने भने रिर्पोटमा जनाइएको छ । 

जसले लामो दूरीको इन्टरनेट कनेक्सनमा बाधा भने पुर्‍याउन सक्छ । यदि यस्तो भयो भने विश्वमा ठुलो आर्थिक असर पर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?