काठमाडौँ – चिकित्सा शिक्षा स्नातकोत्तर अध्ययन लागि चीन सरकारबाट प्राप्त छात्रवृत्तिमा ११ जना छनौट भएका छन् ।
विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि शैक्षिक सत्र २०२४–२५ का लागि चीन सरकारले आवेदन मागेअनुसार चिकित्सा शिक्षा आयोगले २०८० साल पुस २४ गते सूचना प्रकाशित गरेको थियो ।
हेमाटो अंकलोजिष्टमा राकेशकुमार राउत, इन्टरभेन्सनल रेडियोलोजीमा नविन पन्थी र कृष्णराज अर्याल,गाइनोकोलोजीमा युक्ति भट्ट र सैलेश ढकाल,हेमाटोलोजिष्टमा विजय बस्नेत छनाैट भएका हुन् ।
त्यस्तै इन्फरमेटिक्समा मुकेशकुमार साह, हेल्थ इकोनोमिक्समा सुरज श्रेष्ठ, मेडिकल वायोस्टाटिक्समा कृष्ण गरु, मेडिकल फिजिसिस्टस्मा सागर आचार्य र अजयकुमार चौधरी छनौट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया