मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कन्सर्ट’मा ढिलो गरेको भन्दै अमेरिकी गायिका म्याडोनाविरुद्ध मुद्दा दायर

काठमाडौँ – ‘कन्सर्ट’मा ढिलाइ भएको भन्दै अमेरिकी गायिका म्याडोना विरुद्ध मुद्दा दायर भएको छ ।

गत महिना न्यूयोर्कमा भएको एक ‘कन्सर्ट’मा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै उनका दुई प्रशंसकले अदालतमा मुद्दा दायर गरेका हुन् । 

माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्दामा म्याडोनाको तीन रातको ‘कन्सर्ट’ स्थानीय समयअनुसार ८ : ३० मा सुरु हुने भनिए पनि त्यो समयमा नभई १०: ३० मा कन्सर्ट सुरु भएको र १ बजे सकिएको उल्लेख गरेका छन् ।

‘कन्सर्ट’ यति ढिला सकिने थाहा पाएको भए आफूहरूले टिकट नकिन्ने उल्लेख गरेका उनीहरूले यसले ‘कन्सर्ट’मा आउनेहरुको भोलीपल्टको दैनिक प्रभावित भएको दाबी गरिएको छ । 

दायर भएको मुद्दामा म्याडोनाले यसअघि पनि धेरै ‘कन्सर्ट’मा ढिलो गाउने गरेको उदाहरण प्रस्तुत गरिएको छ ।

जसअनुसार सन् २०१६ को ‘रेबेल हर्ट टुर’, २०१९–२०२० को ‘म्याडेम एक्स टु’ र त्यसअघिका टुरमा पनि उनले ढिलो आइपुग्ने, ‘कन्सर्ट’ ढिलो गर्ने गरेको उल्लेख छ । 

उनीहरूले आयोजक लाइभ नेसन र कन्सर्ट स्थल बार्कलेज सेन्टरलाई पनि ‘झुटो विज्ञापन, लापरवाही, अनुचित र भ्रामक व्यापार अभ्यास’ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।

फ्यानहरुले म्याडोनाको कन्सर्ट ढिलो भएकोमा आपत्ति जनाएको यो पहिलोपटक होइन । सन् २०१९ मा एक प्रशंसकले युएस शोमा ढिलाइ गरेको भन्दै म्याडोनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । तर, एक महिनापछि उनले स्वेच्छाले मुद्दा फिर्ता लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?