मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के बलिउड अभिनेता  ह्यु ज्याकम्यान ‘गे’ हुन ? किन खोजिँदै छ ‘गुगल’मा यो प्रश्न ?

काठमाडाैँ – ‘द वुल्वरिन’ का अभिनेता ह्यु माइकल ज्याकमान ‘गे’ भएको विषय  चर्चामा छ ।

गत वर्ष उनले डिभोर्स गरेका थिए । त्यसको कारण नखुले पनि ज्याकमान ‘गे’भएकै कारण श्रीमतीले छोडेको अफवाह चलेको थियो । जसले उनी ‘गे’ हुन ? भन्ने प्रश्न गुगलमा धेरै खोजिने मध्येको एक प्रश्न बनेको छ । 

यद्यपि यो अफवाह फैलिनुमा उनको फिल्ममा देखाइएको दृश्य समेत जिम्मेवार छ ।

हलिउडका चर्चित अभिनेता ज्याकमानले सन् २००३ मा फिल्म ‘द ब्वोई फ्रम ओजेड’ मा ‘सिंगर पिटर’को चरित्र निभाएका थिए । यही फिल्म उनले आफ्ना ‘मेल को एक्टर’ जारोड एमिकसंग ‘किस’ गरेको दृश्य थियो ।

जसमा उनले धेरै समयसम्म ‘किस’ गरेको देखाइन्छ । यहीबाटै उनी ‘गे’ भएको हल्ला फैलिएको थियो ।

तर उनले यसबारे कुराकानी गर्दै सन् २०१८ मै त्यस दृश्यमा आफूलाई धेरै हाँसो लागेको बताएका थिए । आफूले ओठ बन्द गरेकोले हाँसो नदेखिए पनि दर्शकले शरीर हल्लिएको देखेको र यस्तो अफवाह फैलिएको उनको प्रस्टीकरण थियो । 

हुन त बलिउड हलिउडमा अन्य कलाकार बारे पनि यस्तै हल्लाहरू चल्ने गरेका छन् । बलिउडकै कुरा गर्ने हो भने अक्षकुमारबारे पनि यस किसिमको अफवाह चलेको थियो ।

उनी सैफ अलि खान र तुषार कपुरसंग सम्बन्धमा रहेकोसम्म हल्ला चलेका थिए । जसबारे करण जौहरको ‘शो’मा बोल्दै यो सबै हल्ला भएको अक्षयकुमारले प्रस्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?