मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा अवतरण भयो जापानी रोबोट,सौर्य ऊर्जा प्रणालीको समस्याले मिसन खतरामा

काठमाडौँ – चन्द्र मिसन अन्तर्गतको जापानी रोबोट चन्द्र धरातलमा सफलतापूर्वक अवतरण गरेको छ । यसले जापानलाई पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने पाँचौँ देश बनाएको छ ।

जापानको अन्तरिक्ष एजेन्सीका अनुसार स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा अवतरण भएको हो । 

तर यसको सौर्य ऊर्जा प्रणालीको समस्याले मिसन भने खतरामा परेको छ । इन्जिनियरहरू अहिले मिसन बचाउन सङ्घर्ष गरिरहेका छन् । 

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले पनि उडान भरेको थियो । तर इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो ।

यसअघि भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिकै मानवरहित यान अवतरण गराउने पहिलो देश बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?