मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कारणले फुट्छ ओठ ? कसरी बच्ने ?

सामान्यतया गर्मी महिनाको तुलनामा जाडो मौसममा धेरै जनाको ओठ फुट्ने समस्या हुन्छ  । अहिले माघ महिना अर्थात् अत्यन्तै चिसो समय चलिरहेको छ । यो मौसममा हाम्रो हातखुट्टा फुट्ने, अनुहार अर्थात् गाला रातो–रातो भएर फुट्ने, र ओठ पनि फुट्ने गर्छ ।

चिसो हावा र कठ्याङग्रिदो मौसम हुने हुँदा हाम्रो शरीरको छाला सुख्खा र खस्रो हुने गर्छ । विशेष गरी हाम्रो ओठ पनि फुट्ने,चिराचिरा पर्ने गर्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, चर्‍याउने,हाँस्दा दुख्ने हुन्छ । 

के कारणले ओठ फुट्छ ?

चिसो मौसममा पानीको मात्रा कमी भएर पनि ओठ फुट्ने गर्छ । साथै यो मौसममा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्ने हुँदा पनि ओठ फुट्ने गर्छ । र पटक–पटक ओठमा जिब्रोले चलाउँदा पनि ओठ फुट्ने गर्छ । विशेष गरी धूम्रपान गर्ने व्यक्तिहरूमा यस्तो समस्या देखा पर्दछ ।

समाधानका उपायहरू यस प्रकार रहेका छन् :

–चिसो मौसममा ओठ फुट्ने समस्याबाट जोगिन घरबाहिर निस्कनुभन्दा अघि लिप बाम,नरिवलको तेल अथवा अन्य चिल्लो पदार्थ लगाउने । 

–जथाभाबी रूपमा क्रिमहरू ओठमा नलगाउने ।

– पानी प्रशस्त मात्रामा पिउने ।

–राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलावजल हालेर ओठमा लगाउने । 

–ओठ फुटेको छालालाई नङले तान्ने, कोट्याउने गर्नु हुँदैन । ओठ फुटेर घाउ नै भएमा एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

–भिटामिन ई भएको लिपबाम लगाउनु पर्छ ।

–पर्याप्त मात्रामा फलफूल र हरियो सागपातको सेवन गर्नुपर्छ ।

–मह र चिनीको लेप लगाएर पनि ओठ र छाला सुख्खा हुनबाट बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?