मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा राम मन्दिर उद्घाटन हुदैँ गर्दा राममय बन्यो जलेश्वर

महोत्तरी– भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार (जनवरी २२ तारेख) का दिन हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर अहिले महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ ।

जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।

त्यसैगरी जलेश्वरको प्रत्येक प्रतिष्ठान र घर परिवारमा अहिले ‘राम आँयेगें’ बोलको गीतले गुन्जिएको छ ।

यसैबिच राम मन्दिरमा हुन लागेको भगवान् रामचन्द्रको प्राण प्रतिष्ठालाई लक्षित गर्दै जलेश्वर नगरपालिकाले आउँदो सोमबार नगभरिका सबै घर, मठ, मन्दिर, उद्योग, व्यापार, व्यवसाय, पसल, कलकारखाना र नगरभरिका सम्पूर्ण दोबाटो, चौबाटो तथा चोक चोकमा दीप प्रज्वलन गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरप्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवान्को प्राण प्रतिष्ठाको दिन खुसीयाली मनाउन आग्रह गरेका छन् । 

साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमबार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

सोही दिन जलेश्वरका युवाले पनि भगवान् रामचन्द्रको प्राण प्रतिष्ठाको दिनलाई स्मरणीय बनाउन सो दिनमा जलेश्वर नगरभरि रामचन्द्र र माता सीताको झाँकी निकाल्ने, राम नाम जापसहितको बाजागाजा र लावा लस्कर निकालेर नगर परिक्रमा गर्ने कार्यक्रम छ ।

त्यस्तै जलेश्वर महादेव परिसरमा दीप प्रज्वलन गर्ने, जलेश्वर नगरपालिका–१ स्थित वरुण सरोवरमा साँझपख गङ्गा आरती गर्ने, राति नगरभरि दीपावली गर्न लगाउने लगायतका कार्यक्रम राखेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?