मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा सामसङ एस २४ सिरिजको बुकिङ खुल्ला, कति पर्छ मूल्य 

काठमाडौँ— सामसङको बहुप्रतिक्षित ग्यालेक्सी डिभाइस अन्तरगतको स्मार्टफोन सामसङ ग्यालेक्सी एस २४ सिरिज हालै  सार्वजनिक भएको छ । 

सामसङ ग्यालेक्सी एस २४ सिरिजमा कम्पनीले ग्यालेक्सी एस २४ अल्ट्रा, एस २४ प्लस र तल्लो तहमा एस २४ का साथ एआई सहित तीन मोडलहरू लन्च गरेको हो ।

यो सँगै नेपालमा पनि सामसङ ग्यालेक्सी एस २४ सिरिजको प्रि–अर्डर खुल्ला भएको छ । सामसङ नेपालले शुक्रवारदेखि एस२४ सिरिज अन्तर्गतका सबै मोडेलको प्रि–अर्डर खुलाएको हो ।

एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस २४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । 

विशेष गरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले समेत सज्जित गरिएको छ ।

नेपाली बजारमा पनि ग्यालेक्सी एस २४ सिरिजका चार ओटा भेरियन्टमा खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार नेपालमा एस २४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ । 

यसअन्तर्गत १२ जीबी ‍र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी ‍¥याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै एस २४ प्लस मोडेल अन्तर्गत ८ जीबी ‍ र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै ८ जीबी ‍ र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस २४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

ग्राहकले २५६ जीबी इन्टर्नल स्टोरेज भएको भेरियन्ट प्रि–अर्डर गर्दा डबल मेमोरी र बड्स एफई निःशुल्क पाउने समेत बताइएको छ । 

कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा यो फोन खरिद गर्न पाउनेछन् ।

एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । यस्तै आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ । 

तर नेपालमा फोन कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?