मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिनमा एक ग्लास कागती पानी खाने गर्नुस्, हुन्छ यति धेरै फाइदा 

बिहान उठ्नासाथ चिया खाने आम नेपालीको बानी छ । तर चियाको अलावा कागती पानी खानुका थुप्रै फाइदा रहेका छन् । बिहान खाली पेटमा मनतातो पानी पिउनेहरूको जमात बढ्दै गएको छ ।

तर मनतातो पानीभन्दा कागती पानी सर्वोत्तम हुने चिकित्सकहरूको भनाई छ । 

कागती पानीले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ । यो औषधीय गुणले भरिपूर्ण फल हो । यसलाई घरेलु औषधीको रूपमा समेत लीने गरिन्छ । यसको प्रयोग हामीले चियामा , अचारमा र अनुहारको दाग,धब्बा हटाउन समेत कागतको रस लगाउने गरिन्छ । 

कागती पानी खानुका फाइदाहरू :

–बिहानै तातो पानीमा कागतीको रस मिसाएर पिएमा पेट सफा हुन्छ र कब्जियत हुँदैन । 

–बिहान खाली पेटमा कागती पानी पिउनाले मोटोपन पनि नियन्त्रण हुन्छ । 

–कागती पानीको सेवनले पाचन पक्रिया राम्रो बनाउँछ र श्वास गन्हाउने समस्या पनि हट्छ ।

–नियमित रूपमा कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ र चम्किलो बनाउँछ । 

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा भएको हानिकारक तत्त्व बाहिर निष्कासन गर्छ । 

– यदि तपाईँहरूमा पत्थरीको समस्या छ भने पनि कागती पानी  निकै उपयोगी हुन्छ । कागतीमा साइट्रिक एसिड पाइन्छ । पत्थरी हुँदा हाम्रो किड्नीभित्र पत्थर बनेको हुन्छ जसलाई फुटाउने काम साइट्रिक एसिडले नै गर्दछ । 

–कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो सेल्सलाई क्षति हुनबाट जोगाउँछ । 

– कागती पानीको सेवनले रक्तसञ्चारसँग सम्बन्धित कुनै रोग पनि लाग्न दिँदैन । 

–बिहान उठेर नियमित कागती पानी पिउनाले दिनभर शरीरलाई स्फूर्त राख्नुको साथै शरीरमा पानीको कमी हुन दिँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?