मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 नयाँ टेलिसिरियल ल्याउँदै ‘बान्द्रे’ 

काठमाडाैँ – टेलिसिरियल ‘मेरी बास्सै’ बाट लोकप्रियता कमाएका सुरज चापागाईं (बान्द्रे) ले नयाँ टेलिसिरियल ल्याउने पक्का भएको छ । उनी अहिले सोही टेलिसिरियलको टाइटल गीतको रेकर्डिङमा व्यस्त छन् ।

बान्द्रेकै निर्देशन र लेखन रहने टेलिसिरियलमा मेरी बास्सैका कलाकारहरु पनि समेटिने बुझिएको छ ।

बान्द्रे अहिले यसको ‘स्क्रिप्ट’ लगायतका काममा छन् । चैतदेखि छायांकनमा निस्किने र वैशाख पहिलो सातादेखि प्रसारण गर्ने उनको तयारी छ ।

खबरहबसँगको कुराकानीमा बान्द्रे भन्छन्, ‘केही स्टार कलाकार नै रहने गरी काम सुरु गरेको छु । टाइटल र कलाकारको बारेमा छिटै फाइनल हुन्छ ।’

मेरी बास्सैबाट अलग भएपछि बान्द्रे रिजर्भ जस्तो देखिएका छन् । उनी व्यवसायमा लागेको चर्चा बेला बेला भए पनि उनी रंगकर्मबाट बाहिरिएका छैनन् ।

बान्द्रे ‘मेरो स्कुल’ नाम सन्देशमूलक चलचित्र विभिन्न स्कुलमा देखाउँदै हिँडिरहेका हुन्छन् । उनी भन्छन्, ‘म मिडियामा कम आए पनि फिल्ममै व्यस्त छु । अब पुरानै काममा फर्कन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?