मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामसङले ‘ग्यालेक्सी रिङ’ निर्माण गर्दै, के के हुन सक्छन् विशेषता?

काठमाडौँ— दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले पहिलो पटक स्मार्ट रिङ अर्थात् स्मार्ट औँठी निर्माण  गर्ने भएको यसअघि नै खुलासा भैसकेको थियो । 

सामसङले आफ्नो नयाँ पुस्ताको फ्ल्यागशिप ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनहरू अनावरण गरेसँगै दक्षिण कोरियाली ब्रान्ड सामसङले आफ्नो पहिलो स्मार्ट रिङले पनि सबैलाई चकित पारेको छ ।

यद्यपि, उक्त एसेसरीको झलक दिने र सामसङ हेल्थ समर्थन पुष्टि गर्ने बाहेक कम्पनीले ग्यालेक्सी रिङको बारेमा अन्य थप जानकारीहरू भने सार्वजनिक गरेको थिएन । 

तर एक कन्जुमर टेक विश्लेषक एभि ग्रीनगार्टले भने यस सम्बन्धी केही जानकारीहरू दिएका छन् । उनका अनुसार ग्यालेक्सी रिङमार्फत प्रयोगकर्ताको क्रियाकलाप तथा स्वास्थ्यको निगरानी गर्न सकिने छ । 

यस्तै उनले फिटनेस ट्र्याकरका केही प्रमुख विवरणहरूको बारेमा पनि खुलासा गरेका छन् । सामसङको पहिलो स्मार्ट रिङ्ग निकै हलुका भएको र यो १३ ओटा साइजहरूमा उपलब्ध हुने उनको भनाइ छ ।

विश्लेषक ग्रीनगार्टले सामसङ ग्यालेक्सी रिङ यस वर्षको अन्त्यसम्ममा लन्च हुने समेत  खुलासा गरेका छन् । तर यसको मूल्यको बारेमा भने अझसम्म कसैलाई पनि कुनै विवरण उपलब्ध नभएको ग्रीनगार्टले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?