मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हे नीर’ हेरेर उत्कृष्ट प्रतिक्रिया दिनेलाई स्मार्ट फोन

काठमाडौँ– ‘हे नीर’को भिडियो हेरेर उत्कृष्ट कमेन्ट गर्नेलाई स्मार्ट फोन दिने निर्माता टोलीले जनाएको छ ।

म्युजिक भिडियोले  युट्युबमा खासै भ्यूज पाउन नसकिरहेको अवस्था लाई मध्यनजर गर्दै यो उपाय अघि सारिएको हो ।

पुरस्कार जित्नका लागि दर्शकले यो भिडियो हेरेर गहन शैलीको प्रतिक्रिया दिनु पर्नेछ ।

भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट दुई प्रतिक्रिया छनोट गरी एक्सपर्ट टेलिकमको तर्फबाट दुई वटा स्मार्टफोन उपहार दिइने घोषणा गरिएको हो । 

गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’ को संगीत संयोजन रहेको छ । सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड म्युजिक भिडियोको कोरियोग्राफी सरोज र आश्माको हो । 

सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायाङ्कन रहेको यो  भिडियोमा युवा–युवतिबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?