मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गुगल म्याप्स’मा थपियो सुरुङभित्र पनि ‘नेभिगेट’ गर्न सक्ने नयाँ सुविधा 

काठमाडौँ— गुगलले म्याप्सले सुरुङभित्र पनि नेभिगेट गर्न सक्ने नयाँ सुविधा थपेको छ । 

अब गुगल म्याप्स प्रयोगकर्ताहरूले सुरुङ वा अन्य स्याटेलाइट डेड जोनहरूमा नेभिगेट गर्न अनुमति पाउनेछन् । 

९ टु ५ गुगलको रिपोर्टअनुसार, कम्पनीले ‘ब्लुटुथ बीकन’ को लागि समर्थन थपेको छ । तर ‘ब्लुटुथ बीकन’ नयाँ भने होइन ।

रिपोर्टका अनुसार, गुगलले आफ्नो समर्थन पृष्ठमा वेज बीकन्स कार्यक्रमले भूमिगत ड्राइभरहरूलाई सिमलेस नेभिगेसन प्रदान गर्ने जनाएको छ । 

जसले जिपिएस सिग्नलहरू नपुगेको स्थानमा यसले लोकेसन सर्भिसहरू सुनिश्चित गर्दै चालकको सुरक्षा समेत बढाउन मद्दत गर्दछ ।  

यसैबिच, गुगलले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित गर्न ‘गुगल असिस्टेन्ट’ मा केही कम प्रयोग गरिएका सुविधाहरू पनि हटाउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?