मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ हर्ट अट्याक ? यस्ता छन् जोगिने उपायहरू 

हर्ट अट्याक अर्थात् (हृदयाघात) अकस्मात् हुने मुटुको रोग हो । यस कारण हर्ट अट्याक हुने लक्षणहरू पनि अचानक सुरु हुन्छ ।

छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाब भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्षणसहित पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटो छिटो ढुकढुक गर्ने, रिँगटा लाग्ने भएमा हर्ट अट्याकको सम्भावना अधिक हुन्छ ।

यस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनै पनि कारण तपाईँसँग मिल्दोजुल्दो छ भने तपाई हर्ट अट्याकको जोखिममा हुनुहुन्छ ।

कतिपय मानिसहरूको अचानक अकल्पनीय निधन हुन्छ अझ भनौँ राति सुतेकै ओछ्यानमा उनीहरू अस्ताउँछन् । अनि मृत्युपश्चात् थाह हुन्छ कि हर्ट अट्याक भएको रहेछ भनेर ।

यस कारण हर्ट अट्याक किन हुन्छ के कारणले हुन्छ अनि कसरी यो समस्याबाट बच्ने भन्ने विषयमा बुझ्न निकै आवश्यक छ ।

हर्ट अट्याक हुने ८ कारणहरू :

उच्च कोलेस्ट्रोल

उच्च कोलेस्ट्रोलले हर्ट अट्याकको खतरा ३ गुणा बढाउँछ । रगतमा कोलेस्ट्रोल मात्रा जति धेरै हुन्छ, हर्ट अट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्ट अट्याकको प्रमुख कारणमा उच्च कोलेस्ट्रोल र धूम्रपान मानिन्छ ।

धूम्रपान

धूम्रपानले हर्ट अट्याकको सम्भावना २ देखि ४ गुणा बढाउँछ । जति धेरै पटक धूम्रपान गरियो त्यति नै हर्ट अट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिलाई धूम्रपान अत्यन्तै खतरा मानिन्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप भएको व्यक्तिमा हर्ट अट्याकको सम्भावना २ गुणा बढी हुन्छ ।

मधुमेह

मधुमेह भएका व्यक्तिमा हर्ट अट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समय देखी मधुमेह छ भने हर्ट अट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण नगरे हर्ट अट्याक हुने सम्भावना धेरै हुन्छ ।

मोटोपना

मोटोपना र पेट ठुलो भएका मानिसमा हर्ट अट्याकको सम्भावना हुन्छ ।

वंशाणुगत कारण

परिवारमा कसैलाई हर्ट अट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्ट अट्याक हुने सम्भावना हुन्छ ।

अत्यधिक मदिरा सेवन

नियमित अत्यधिक मदिरा सेवन गर्ने र एकै पटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्ट अट्याकको सम्भावना हुन्छ ।

मानसिक तनाव 

मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्ट अट्याकको सम्भावना हुन्छ ।

हर्ट अट्याकबाट जोगिने तरिकाहरू :

–शरीरको तौल नियन्त्रण गर्ने ।

–हामीले खाने खानामा नुनको मात्रा घटाउने ।

– स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्नेहरूमा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाइन्छ । 

–खानामा माछालाई हप्तामा कम्तीमा तीन पटकसम्म सेवन गर्ने । 

– तनाव नियन्त्रण गर्ने किनभने तनावले आन्तरिक सूजनलाई बढाइदिन्छ ।

–भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।

–दैनिक आधा घण्टादेखि पैँतालिस मिनेटसम्म हल्का व्यायाम गर्ने । हलुका व्यायामले असल कोलेस्ट्रोल बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डायबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।

–महिलाले दिनमा एक ड्रिङ्क रेड वाइन र पुरुषले दुई ड्रिङ्कसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । 

–गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चार पटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ ।

–कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

–शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।

–शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिष्कघातको समस्या बढ्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?