मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत लैजाँदै गरेकी १७ वर्षीया किशोरीको उद्धार

बर्दिया – बर्दियाको बाँसगढी नगरपालिका–३ कि १७ वर्षीया एक किशोरीलाई ललाई फकाई भारत पुर्‍याइएकोमा भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको छ। एसएसबी ५९औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई सोधपुछ गर्दा स्पष्ट र सन्तोषजनक जवाफ नआएपछि क्याम्पमा लगिएको थियो।

क्याम्पमा सोधपुछपछि उनीहरूले ती किशोरीलाई भारतको चेन्नई लैजान लागेको बताएका थिए। शंका लागेपछि एसएसबीले नेपाल प्रहरी लगायत मानव वेचबिखनविरुद्ध अभियानमा लागेका शान्ति पुनःस्थापन गृहलाई बुझाएका थिए।

प्रहरीले दुई आरोपितलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ का २१ वर्षका कासिम अहम्मद र सोही ठाउँका २० वर्षीय मोहम्मद कैफ रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरुको साथबाट भारतीय आधार कार्ड समेत बरामद गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?