मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार मानवका लागि निकै खतरनाक !

काठमाडौं – ओपन एआईले प्रोजेक्ट क्यू स्टार परियोजनाको बारेमा केही नयाँ जानकारी सार्वजनिक गरेको छ । क्यू स्टार एक एआईमा आधारित सफ्टवेयर हो ।

जुन च्याटजीपीटी वा अन्य समान सफ्टवेयर भन्दा धेरै फरक र एडभान्स्ड छ । यसले पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ मा काम गर्छ । स्रोतका अनुसार यो मानिसले जस्तै सोच्न र बुझ्न सक्ने छ ।

यसैबीच साम अल्टम्यानलाई कम्पनीबाट हटाएपछि, ओपनएआई अनुसन्धानकर्ताहरूको हातमा एउटा पत्र आएको थियो । रिपोर्टहरूका अनुसार अनुसन्धानकर्ताहरूले बोर्डलाई एउटा पत्र लेखेर नयाँ एआइको खतराको बारेमा जानकारी दिएका थिए ।

यसबारे साम अल्टम्यानले २०२३ को सुरुमा एआई मानिसभन्दा स्मार्ट हुनसक्ने बताएका थिए । क्यु स्टार बनाउने श्रेय सटस्किभरलाई दिइएको छ । पछि यसलाई सिजमन साइडर र जाकुब पाचोस्कीले अगाडि बढाएका थिए ।

क्यू स्टार आर्टिफिसियल जनरल इन्टेलिजेन्स ‘एजीआइ’ को उदाहरण पनि हो । यदि यसले पूर्ण रूपमा एजीआइ हासिल गर्यो भने यसले भविष्यमा हलचल सिर्जना गर्न सक्ने छ ।

आयोजनासँग सम्बद्ध अनुसन्धानकर्ताहरुका अनुसार कम्पनी क्यु स्टार परियोजना पूरा गर्नमा व्यस्त छ । यसले गणितका समस्याहरू आफैं समाधान गर्न सक्छ । मानिस जस्तै, यसमा तर्क वितर्क गर्ने र समस्या समाधान गर्ने क्षमता छ ।

किन खतरा छ क्यु स्टार ?

च्याटजीपीटी जस्तै, यो पनि एक सफ्टवेयर हो, जुन च्याटजीपीटी भन्दा उन्नत हुनेछ । अहिलेको अवस्थामा सम्भव नभएका गणित, परीक्षा र अनुसन्धान जस्ता जटिल कार्यहरू पनि क्यूस्टारले सजिलै गर्न सक्नेछन् । यद्यपि यो हाम्रो लागि धेरै लाभदायक हुनेछ तर अनुसन्धानकर्ताहरूको विचारमा मानवताको लागि पनि उत्तिकै खतरा हुन सक्ने छ ।

अनुसन्धानकर्ताहरूले लेखेको पत्रमा प्रोजेक्ट क्यूस्टारको क्षमता र यसले निम्त्याउने खतराहरू व्याख्या गरिएको छ । रिपोर्टमा ओपनएआईसँग यो परियोजना रोक्नका लागि पर्याप्त साधन नभएको बताइएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार, मोडेलले कथित रूपमा आन्तरिक आक्रोश फैलाएको थियो । कर्मचारीहरूले यसले मानवतालाई खतरा पार्ने बताएका छन् । यो चेतावनीलाई मुख्य कारण मानिन्छ जसका कारण अल्टम्यानलाई बर्खास्त गरिएको थियो ।

क्यूस्टारको बारेमा उपलब्ध जानकारीले यसले लजिकल रिजनिंर्ग बुझ्न सक्छ भन्ने बताउँछ । यो आफैमा नयाँ क्षमता हो किनकि अहिलेसम्म कुनै पनि एआई मोडेलले यसलाई बुझ्न सकेन ।

यस्तै अन्वेषक सोफिया कालानोव्स्का अनुसार बिजनेश इनसाइडरलाई बताइन् कि क्यूस्टारलाई दुई ओटा एआई मिसाएर सिर्जना गरिएको हो । यसमा क्यू लर्निंग र एस्ट्रिक सर्च छ । नयाँ मोडल निकै उन्नत छ । यो एआई मोडेलले डाटाबाट मात्र होइन, मानिसबाट पनि सिक्ने गर्छ । यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्न गाह्रो हुने देखिएको छ ।

अहिलेसम्म पुरानो जानकारी सङ्कलन र त्यसबाट नतिजा दिनको लागि अवस्थित एआई मोडेलहरू प्रयोग गरिन्थ्यो । अब प्रोजेक्ट क्यू स्टार एक माइलस्टोन साबित हुन सक्ने छ । यो एआइले आफ्नै विचारहरू विकास गर्न सक्छ । यसले समस्याहरूको समाधान पनि प्रदान गर्न सक्षम हुनेछ । त्यसकारण यसलाई खतरनाक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?