काठमाडौं – चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सकिएको छ । अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले फिल्मको सुटिङ सकिएको सामाजिक सञ्जाल मार्फत जानकार दिएकी छन् । उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै फिल्म प्याकअप भनेर लेखेकी छन् ।
छायांकन सुरु भएको लामो समयपछि फिल्म सकिएको हो । फिल्मको छायांकन दुई चरणमा भएको छ । पहिलो चरणको छायांकन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ ।
यसै फिल्म मार्फत अभिनेत्री बिपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किएकी छन् । फिल्ममा बिपनाको अलवा निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।
अभिनेत्री निता ढुंगानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया