मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहिले प्रदर्शनमा आउँदै छ अजय देवगनको फिल्म ‘शैतान’ ?

काठमाडाैँ – अजय देवगनको आगामी फिल्म ‘शैतान’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

अजयले सामाजिक सञ्जालमा फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । जहाँ प्रदर्शन मिति समेत उल्लेख गरिएको छ ।

अब मार्च २०२४ मा यो फिल्म प्रदर्शनमा आउने छ । यसमा अजयका अलावा आर.माधवन, र ज्योतिलाई देख्न पाइने छ । यसलाई सुपर नेचुरल थ्रिलर फिल्म भनिएको छ ।

गुजराती फिल्म ‘वश’ को रिमेक यस फिल्मलाई विकासले निर्देशन बहल गरेका छन् ।  

यहि फिल्म मार्फत नै पहिलो चोटि अजय र आर.माधवनले संगै देखिन लागेका हुन । यसअघि अजय गतबर्ष ‘भोलामा’ देखिएका थिए ।

यो फिल्म खासै सफल नरहँदा यो अब उनी अब ‘सिंघम अगेन’,‘रेड २’ र ‘मैदान’ जस्ता फिल्ममा देखिने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?