मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्तोष सेनको ‘बलिदान’मा जोडियो ‘आर्टमान्डु’ टिम

काठमाडौँ – सन्तोष सेनको फिल्म ‘बलिदान’ को साङ्गीतिक पाटो ‘आर्टमान्डु’ हेर्ने भएको छ । त्यसका लागि सेनले गायक सुजन चापागाईँ सहितको टोली नै भित्र्याएका हुन ।

अब सुजनसंगै आर्टमान्डु टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहानले पनि चलचित्र बलिदानमा गीत संगीतको पाटो सम्हाल्ने छन् । 

उनीहरूको सहकार्यमा बनेको ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाए’, ‘गाला पुक्क’, ‘घुमी घुमी’,‘मिलेको जीउ छिनेको कम्मर’, बाफलगायतका दर्जन गीत चर्चित छन् । 

अब यो टिमले बलिदान चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको चलचित्र बलिदानको टिजर छायाङ्कन अगावै रिलिज भैसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?