मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् फाइटरका भिलेन, जसको फस्ट लुकमै हंगामा !

मुम्बई – ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यो फिल्म जनवरी २५ मा रिलिज हुने तयारीमा छ । फिल्ममा एरियल एक्सन देखिनेछ ।

फाइटरमा ऋतिक र दीपिकाले एक्सन गरिरहेका छन् भने ऋषभ साहनी फिल्ममा खलनायकको भूमिकामा देखिएका छन् ।

फिल्मबाट ऋषभको लुक सार्वजनिक भएको छ र यसलाई हेर्दा उनी ऋतिकलाई टक्कर दिने देखिने छन् । ऋषभको लुक सार्वजनिक भएपछि फ्यानमा फिल्मलाई लिएर उत्साह बढेको छ ।

फाइटरको ट्रेलर रिलिज भएको छ र यसमा ऋषभ साहनी र ऋतिकको लडाइँको दृश्य देख्न सकिन्छ । जसलाई देखेर जो कोहीको मन छोएको छ ।

ऋषभले निखिल आडवाणीको द एम्पायरमा बाबरको भाइ महमूदको भूमिका निभाएका थिए। यति मात्र होइन, उनले यस सिरिजमा कास्टिङ असिस्टेन्टको रुपमा पनि काम गरेका थिए ।

द एम्पायरपछि ऋषभ ‘कौन बनेगी शिखरवती’ र ‘बेस्ट सेलर’ मा पनि देखिएका थिए । ।फाइटरको कुरा गर्दा यसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा ऋतिक र दीपिकासँगै अनिल कपूर, अक्षय ओबेरोय र करण सिंह ग्रोवरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?