मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के भन्छन् राजेश पायल राईको ‘ब्याक किक’ भेटेका राकेश…

काठमाडौँ – राजेश पायल राईले स्टेजमै ‘ब्याक किक’ भेटेका झापाका राकेश दर्नालले यो भिडियो पुरानो भएको बताएका छन् । 

यो भिडियो सार्वजनिक भएपछि राकेशले मिडिया कुराकानीमा यो भिडियो डेढ वर्षअघिको भिडियो भएको बताएका हुन् ।

राईको पछाडि भएको व्यक्ति आफू नै भएको बताएका उनले यो भिडियो इलाममा भएको कार्यक्रम भएको समेत प्रस्ट पारेका छन् । आफू ट्र्याक छैन भन्ने सूचना दिन गएको र राईले झुक्किएर खुट्टा चलाउँदा लागेको बताएका छन् । 

अर्थात् लात्ती हानेको नभएको बताएका उनले यसलाई गलत रूपमा नबुझिदिन समेत आग्रह गरेका छन् । 

पूर्वमा राकेश कमेडी भनेर चिनिने दर्नाल झापा अर्जुनधाराका बासिन्दा हुन । स्थानीय देखि केन्द्रसम्मका कलाकारसम्म पहुँच राख्ने उनी  केही नेपाली चलचित्रमा समेत देखिएका थिए । उनी पूर्वमा हुने मेला महोत्सवमा अनिवार्य जस्तै छन् । 

यही बिचमा गायक राईले उनलाई ‘ब्याक किक’ हानेको भन्दै  एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोको सन्दर्भमा विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?