मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्ततः फिल्म विवादलाई लिएर नयनताराले मागिन् माफी

काठमाडौँ – आफ्नो फिल्म ‘अन्नपूर्णी’ का कारण विवादमा रहेकी दक्षिण भारतकी सुपरस्टार नायिका नयनताराले माफी मागेकी छिन् ।

उनी अभिनीत यो फिल्ममा देखाइएको भगवान राम पनि मासु खान्थे भन्ने टिप्पणी सहितको दृश्यका कारण उनी विवादमा छिन् । 

धार्मिक भावनामा चोट लगाएको आरोप लागेर विवाद चर्किएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको थियो । त्यस्तै नयनतारामाथि एफआरआई समेत दर्ता भएको छ । 

माफी माग्दै उनले फिल्मको कहानी कहिले हार नमान्ने अनि प्रेरणादायक भएको भनेकी छिन् । आफूहरूले सकारात्मक सन्देश शेयर गर्ने प्रयासमा अज्ञानतावश मानिसलाई चोट पुर्‍याएको पनि उनले बताएकी छिन् । 

आफू र आफ्नो टिमले कसैलाई पनि ठेस पुर्‍याउला भन्ने नसोचेको भन्दै ठेस लागेका सबैसँग माफी मागेकी उनले सेन्सर भएर ओटीटीमा गएको फिल्मलाई हटाइएला भन्ने अपेक्षा आफूले नगरेको समेत बताएकी छिन् । 

फिल्म नेटफ्लिक्समा स्ट्रिम हुँदै थियो । फिल्ममा नयनतारा लिड रोलमा थिइन् । उनी मन्दिरको पूजारीको छोरीको भूमिकामा थिइन् ।

शेफ बन्नका लागि उनले ननभेज पकाएको फिल्ममा देखाइएको छ । त्यही दृश्यमा भगवान श्रीराम प्रतिको टिप्पणी समेटिएको छ । फिल्म ‘अन्नपूर्णी’ यहि डिसेम्बर १ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?