मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानी ‘मुन मिसन’ले शनिबार चन्द्रमामा अवतरण गर्ने

काठमाडौँ— जापानले प्रक्षेपण गरेको ‘स्लीम’ (स्मार्ट ल्याण्डर फर इन्भेस्टिगेटिङ्ग मुन) नामक अन्तरिक्ष यान शनिबार चन्द्रमामा अवतरण गर्ने बताइएको छ । 

जापानको अन्तरिक्ष एजेन्सी ‘जाक्सा’ गत वर्ष सेप्टेम्बर ७ मा यो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । यो अवतरण सफल भए जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बन्नेछ ।

जापानी मिसनले प्रक्षेपण गरेको करिब ४ महिनापछि चन्द्रमामा अवतरण गर्ने प्रयास गरिरहेको छ । जापानी मिसनले चन्द्रमाको शिओली क्रेटरमा अवतरण गर्ने प्रयास गर्नेछ । 

‘स्लीम’ ल्यान्डरको तौल करिब दुई सय केजी रहेको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको छ । यसअघि भारतले आफ्नो अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण गराइसकेको छ । 

भारतीय अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन भारतीय अन्तरिक्ष एजेन्सी ‘इसरो’लाई ४० दिन लागेको थियो । जापानको अन्तरिक्ष यानले ४ महिनाको यात्रामा करिब एक महिनादेखि चन्द्रमाको परिक्रमा गरिरहेको पनि बताइएको छ ।

अहिलेसम्म अमेरिका, रुस, चीन र भारत गरी चार देशले आफ्ना यान चन्द्रमामा सफलतापूर्वक अवतरण गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?