काठमाडाैँ – अमेजनका एक कर्मचारीले भिडियो बनाएर टिकटकमा पोस्ट गरेका कारण आफ्नो जागीर गुमाएका छन् ।
सात वर्षदेखि अमेजनमा काम गर्ने एक कर्मचारीले भिडियो बनाएर टिकटकमा पोस्ट गरेको कारणले आफूलाई निकालिएको दाबी गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पोस्ट गरेको टिकटक भिडियोमा उनले ग्राहकहरूलाई भारी वस्तुहरू अर्डर गर्न बन्द गर्न आग्रह गरेको बताइएको छ ।
पहिलो नाम केन्डल भएका टिकटकरले गत हप्ता मात्रै एक अर्को भिडियो पोस्ट गरेर आफ्नो मनसाय हानि पुर्याउने नरहेको भन्दै माफी समेत मागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया