काठमाडौं – सरकारको डिजिटल नेपाल अभियानलाई सबल बनाउने उद्देश्यले शुरू भएको ‘ई–पालिका’ मोबाइल एप्लिकेसनले नेपालको स्थानीय मोबाइल म्याप एप ‘गल्ली एप’ बिच सहकार्य गर्ने भएको छ ।
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री बनाउनका लागी २०७४ सालदेखि सुरु भएका डिजिटल ‘ई–पालिका’ र ‘गल्ली म्याप्स’बीचको सहकार्यका लागि सम्झौता–पत्रमा हस्ताक्षर समेत भएको छ ।
सम्झौता–पत्रमा निन्जा इन्फोसिसका तर्फबाट कार्यकारी निर्देशक रमेश क्षेत्री र ‘गल्ली म्याप्स’का तर्फबाट पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक राज विक्रम महर्जनले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै सम्बन्धित पालिकामा भएका महत्त्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ‘ई–पालिका’ एपमा उपलब्ध हुने भएको छ ।
यस्तै निन्जा इन्फोसिसले निर्माण गरेको ‘ई–पालिका’ एपमा ‘गल्ली म्याप्स’ले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया