मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रहेनन् गायक योगेश वैद्य

काठमाडौँ – वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । 

उनको ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा निधन भएको हो । उनको रातको १२ः३० मा निधन भएको बुझिएको छ । 

दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको हो । 

नेपाली गायन क्षेत्रमा थुप्रै सुपरहिट गीत दिएका वैद्यको  ‘सपना भुलाई सारा, आँसु लिएर जाऊ, मेरो आँसुमा नहाँसे, नेपाल मेरो उपहार भो’ लगायतका गीत चर्चित छन् । 

उनी नेपाली र नेपाल दुवै भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन् ।

भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां सायमि सिरपाः’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैँ उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।

शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?