मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता सोनु सुद डीप फेकको सिकार

काठमाडाैँ – पछिल्लो समय बढ्दै गएको ‘डीप फेक’ मा बलिउड अभिनेता सोनु सुद पनि फसेका छन् ।

यसबारे उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै जानकारी गराएका हुन् । उनले बताए अनुसार कसैले उनको अनुहारलाई ‘डीप फेक’ मार्फत धोका दिन प्रयोग गरेको छ ।

बताइए अनुसार उनको अनुहार प्रयोग गरेर विभिन्न व्यक्तिलाई फोन गर्ने र पैसा उठाउने भइरहेको छ । त्यसबाट बच्न सुदले आग्रह गरेका छन् । 

सुन यसै पनि व्यावसायिक भन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । सहयोगी भावनाकै कारण रिलका भिलेन सुद रियलमा हिरो बन्दा उनका करोडौँ फ्यान फलोइङ छन् । 

यद्यपि ‘डीप फेक’ को सिकार हुने उनी नै पहिलो कलाकार भने हैनन् । यसअघि प्रियंका चोपडाको एउटा भिडियो भाइरल भएको थियो ।

जहाँ उनको अनुहार प्रयोग गरेर एक नक्कली ब्राण्डको प्रमोशन गरिएको थियो । त्यस्तै बलिउड अभिनेत्री रश्मिका मन्दना पनि ‘डीप फेक’ को सिकार भई सकेकी छिन् ।

उनको अनुहार अरूको शरीरमा प्रयोग गरेर बनाइएको भिडियो भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?