मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी– नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको हो ।

यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी  झारले ढाकेर सङ्कटमा पर्न थालेको छ । 

कहिलेकाहीँ स्थानीय स्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए । ‘

‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,’ उनले भने । 

करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी  झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको महताको भनाई छ  

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा  रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । 

कावासोती बजार विकासको प्रारम्भ कालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ । अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गर्थ्यो ।

पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि  पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत  महत्त्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ । 

यता कावासोती–७, का वडाध्यक्ष गोविन्दप्रसाद महतोले ताललाई जलकुम्भी  झारले ढाकेपछि यसको सरसफाइका लागि वडा स्तरबाट काम गर्ने योजना रहेको  बताए ।

कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न यस वर्ष रु ५० लाख विनियोजन गरेको वडाध्यक्ष महतोले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?