मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिउँसो सुत्ने बानी फाइदाजनक

सामान्यतया दिउँसो सुत्ने व्यक्तिहरूलाई हाम्रो नेपाली समाजमा अल्छीको संज्ञा दिइन्छ । धेरैजसो बिहानको खाना खाएपश्चात् सुत्ने गर्दछन् । यसरी बिहानको खाना खान साथ निदाउनु पनि एक लत जस्तै हुन्छ ।

दिउसो सुत्ने बानी भएका मानिसहरू यदि कुनै दिन अन्य कामहरूका कारण निदाउन पाएनन् भने टाउको दुख्ने, जीउ भारी हुने समस्या पनि देखा पर्दछ । यो कुरा सामान्य नै हो ।  तर वास्तवमै दिउसो सुत्ने बानी स्वास्थ्यका हिसाबले राम्रो हो की हैन भन्ने कुराको हेक्का हामीले राखेका हुँदैनौ । 

दिउँसो सुत्नु राम्रो हो या नराम्रो प्रश्न सामान्य लाग्न सक्छ । तर यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । दिउसो सुत्ने बानीले अल्छीपना नभएर बरु ताजगीपन जागरूक गराउने अनुसन्धानहरूमा देखिएको छ । साथै दिनको निन्द्राले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गराउँछ ।

दिउँसो सुत्ने बानी सही या गलत ?

दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा भित्रभित्रै प्रश्न पनि उठ्ने गरेको हुन्छ । यदि तपाई पनि आफ्नो दिनमा सुत्ने बानीदेखि चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिन छाडिदिनुस् र थाहा पाउनुहोस् दिनमा सुत्ने बानी नराम्रो नभएर हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक रहेछ । 

दिउँसो सुत्ने बानीका फाइदाहरूः

–दिउँसो सुत्ने बानीले अल्छी बनाउने नभएर बरु अल्छीपना भगाउने तथ्य अनुसन्धान बाट पत्ता लागेको छ । साथै अल्छीपना टाढा गर्ने मात्रै नभएर मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । 

–जो मानिसहरू दिनमा सुत्ने गर्छन् उनीहरूमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरूको तुलनामा कम हुन्छ । 

–दिनमा एक घण्टा निदाउँदा तनाव र मानसिक थकान टाढा रहन्छ । 

मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ ?

आम रूपमा हरेक मानिसलाई सात –आठ घण्टाको निन्द्राको आवश्यकता पर्दछ । साना शिशु बच्चाहरूको हकमा भने उनीहरूको शारीरिक विकासको लागि भए पनि दैनिक १२ देखि १५ घण्टाको निन्द्राको आवश्यकता हुन्छ ।

७ वर्षदेखि १३ वर्षसम्मका ठुला बच्चाहरूको हकमा भने दैनिक ९ देखि ११ घण्टा सुत्नु आवश्यक हुन्छ । 

यसै गरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउनु  राम्रो हुने चिकित्सकहरू बताउँछन् । र वयस्क मानिसहरूको हकमा ६ देखी ८ घण्टा सुत्नुपर्दछ ।

६ घण्टाभन्दा कम सुत्दा स्वास्थ्यलाई असर पर्दछ । यसै गरी ६० वर्षभन्दा धेरै उमेरका मानिसहरूको लागी भने अन्य उमेर समूहका व्यक्तिहरूले भन्दा बढी समय सुत्नुपर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?