मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडको ‘स्ट्रङ्ग’ जोडीका रूपमा परिचित इशा–भरत डिभोर्स उन्मुख !

काठमाडाैँ – यति बेला हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओल निजी जीवनका कारण चर्चामा छिन् । इशा र भरत तख्तानीको सम्बन्ध टुट्न लागेको खबर चलिरहेको छ ।

यसको शुरुआत रेडिटमा भाइरल बनेको एउटा पोष्टबाट भएको हो । कुनै बेला इशा र भरतलाई बलिउडको ‘स्ट्रङ्ग’ जोडीको रूपमा हेरिन्थ्यो । सामाजिक सञ्जालमा दुवैले आफ्नो फोटोहरू शेयर गर्थे । कार्यक्रममा पनि साथमै देखिन्थे ।

तर अहिले तख्तानी दम्पती बिच सबै कुरा ठिकठाक नभएको बताइएको छ । इभेन्ट र पार्टीहरुमा पनि दुबै जना सँगसँगै देखिन छाडेपछि यो विषय चर्किएको छ ।

गएको वर्षयता फेस्टिभ सिजनहरूमा इशा देओल आफ्नी आमासँग धेरै देखिन थालेकी छिन् । आमिर खानको छोरी आयराको बिहेको रिसेप्सनमा पनि इशा हेमाको साथमा पुगेकी थिइन् ।

आमाबाहेक इशा कहिलेकाहीँ आफ्नी दुई छोरीसँग पनि देखिएकी छिन् । हरेक साना–ठुला कार्यक्रममा इशा एक्लै जान थालेपछि वैवाहिक जीवन खतरामा परेको अड्कल काट्न लागिएको छ ।

केही अघि कयौँ दिवाली पार्टीमा पनि उनी एक्लै गएकी थिइन् । हेमा मालिनीको ७५ औँ जन्मोत्सवको अवसरमा पनि भरत देखिएका थिएनन् । यी सबै कुराहरूले तख्तानी दम्पत्तिबीच सम्बन्ध राम्रो नरहेको अफवाह बलियो भइरहेको छ ।

आगामी जुनमा भरत र इशाले बिहे गरेको १२ वर्ष पुग्नेछ । यी दुईको बिहे सन् २०१२ मा भएको थियो । इशाको राध्या र मिराया २ छोरी छन् । सम्बन्ध विच्छेदबारे इशा र भर दुवैले अहिलेसम्म केही पनि बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?