मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामसङको ग्यालेक्सी एस २४ सिरिज लन्च, कति राखिएको छ त बजार मूल्य ?

काठमाडौं– सामसङको बहुप्रतिक्षित ग्यालेक्सी डिभाइस अन्तरगतको स्मार्टफोन सामसङ ग्यालेक्सी एस २४ सिरिज लन्च भएको छ । 

सामसङ ग्यालेक्सी एस २४ सिरिजमा कम्पनीले ग्यालेक्सी एस २४ अल्ट्रा, एस २४ प्लस र तल्लो तहमा एस २४ का साथ एआई सहित तीन मोडलहरू लन्च गरेको हो ।

तर सामसङको ग्यालेक्सी एस २४ सिरिजका फोनहरू हाल अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछन् भने छिट्टै अन्य बजारहरूमा समेत उपलब्ध हुने जनाइएको छ ।

मध्यरातमा अमेरिकामा लन्च इभेन्ट आयोजना गर्दै सामसङले ग्यालेक्सी डिभाइसमा ७ ओएस अपग्रेड र ७ वर्षका लागि सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा समेत गरेको छ । 

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रामा स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर हुनेछ । 

सामसङ ग्यालेक्सी एस २४ अल्ट्राको डिस्प्लेमा अहिलेसम्मकै सबैभन्दा बलियो गोरिल्ला ग्लास मानिने कोर्निङ गोरिल्ला आर्मर सुरक्षा प्रदान गरिएको छ । 

यस्तै सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनमा ६.८ इन्चको ठूलो स्क्रिन पाइनेछ । 

जुन डिस्प्ले भिजन बुस्टर टेक्नोलोजीद्वारा सुसज्जित गरिएको छ । यो फोनको मोटाई ८.६ एमएम मात्र रहेको छ ।

ग्यालेक्सी एस २४ अल्ट्रामा क्वाड क्यामरा सेटअप छ । यसमा एफर १.८ लेन्सको साथ २०० मेगापिक्सेल वाइड क्यामरा पाउनुहुनेछ । 

दोस्रो सेन्सर एफर २.२ एपर्चर र १२० डिग्री फिल्ड अफ भ्यू भएको १२ मेगापिक्सेल अल्ट्रावाइड लेन्स हो । 

फोनमा ओआईएस सपोर्टको साथ ५० मेगापिक्सेलको टेलिफोटो शूटर समेत रहेको छ । 

डिभाइसमा एफर ३.४ अपर्चर, र ५ एक्स अप्टिकल जूम रहेको छ । चौथो लेन्स १० मेगापिक्सेलको टेलिफोटो शूटर हो ।

सामसङले यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई पावर भएको क्यामेरा भएको बताएको छ।

बेस भेरिएन्टको सामसङ ग्यालेक्सी एस २४ फोनमा ६.२ इन्च एफएचडी प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्ले छ । 

यसबाहेक, यो फोन स्न्यापड्रागन ८ जेन ३ वा एक्सिनोज २४०० प्रोसेसरसंग सुसज्जित छ । यससँग, फोनमा ८जीबी र्‍याम र ५१२ जीबी सम्म भण्डारण सेवा उपलब्ध छ ।

फोटोग्राफीको लागि, सामसङ ग्यालेक्सी एस २४ फाइभजी फोनमा ट्रिपल रियर क्यामरा सेटअप छ । यसमा ५० एमपी प्राथमिक क्यामरा रहेको छ जसमा १२ एमपी अल्ट्रा–वाइड सेन्सर र १० एमपी टेलिफोटो सेन्सर समावेश छ । सेल्फी र भिडियो कलिङका लागि यो फोनमा १२ एमपी फ्रन्ट क्यामरा उपलब्ध रहेको छ । 

यस्तै सामसङ ग्यालेक्सी एस २४ प्लस फोनमा ६.७ इन्चको क्यूएचडी प्लस डिस्प्ले छ । 

यस फोनमा पनि बेस भेरिएन्टको जस्तै स्न्यापड्रागन ८ जेन ३ वा एक्सिनोस २४०० प्रोसेसर छ । 

यस फोनमा ८ जीबी र्‍याम र १२ जीबी र्‍यामको विकल्पहरू उपलब्ध हुने छन् । सामसङ ग्यालेक्सी एस २४ प्लस फोनको स्टोरेज क्षमता भने ५१२ जीबी रहेको छ ।

फोटोग्राफीको लागि, सामसङ ग्यालेक्सी एस २४ प्लस फाइभजी फोनमा पनि बेस भेरिएन्टको जस्तै ट्रिपल रियर क्यामरा सेटअप पनि रहेको छ । 

ब्याट्रीको कुरा गर्नुपर्दा भने ग्यालेक्सी एस २४ अल्ट्रामा ५००० एमएएच ब्याट्री छ भने ग्यालेक्सी एस २४ मा ४००० एमएमएच ब्याट्री रहेको छ । यस्तै ग्यालेक्सी एस २४ प्लसमा भने ४९०० एमएएच ब्याट्री छ । 

यस्तै ग्यालेक्सी एस २४ श्रृंखलाले १३ भाषाहरूमा अन–डिभाइस एआई प्रविधि प्रयोग गरी कलहरूमा अडियोको लागि प्रत्यक्ष अनुवाद प्रदान गर्नेछ । 

कति राखिएको छ त बजार मूल्य ?

हाल अमेरिकी बजारमा मात्र यो फोन उपलब्ध गराएको ग्यालेक्सी एस २४ मूल्य पनि घोषणा गरेको छ । 

जसअनुसार सामसुंग ग्यालेक्सी एस २४ अन्तर्गत ८ जीबी – १२८ जीबीको मुल्य ७९९ डलर छ भने ८ जीबी–२५६ जीबी फोनको मूल्य  ८५९ डलर राखिएको छ ।

यस्तै सामसंग ग्यालेक्सी एस २४ प्लस अन्तर्गत १२ जीबी–२५६ जीबीको मूल्य ९९९ डलर र १२ जीबी–५१२ जीबी फोनको मूल्य १,११९ डलर तोकिएको छ । 

सामसंग ग्यालेक्सी एस २४ अल्ट्रा १२ जीबी–२५६ जीबीको मूल्य १,२९९ डलर, १२ जीबी– ५१२ जीबी फोनको मूल्य १,४१९ डलर तोकिदा १२ जीबी–१ टीबीको मूल्य १,६५९ डलर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?