मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोन १६ मोडलहरूमा  बेसलाइन र्‍याम बढाउने एप्पलको तयारी 

काठमाडौँ– आईफोन १६ मोडलहरूमा यस वर्ष आफ्नो बेसलाइन र्‍याम बढाउन सक्ने बताइएको छ ।  

हाइटोङ इन्टरनेशनल सेक्युरिटीजका लागि जेफ पु लेगरेको रिसर्च नोटका अनुसार एप्पलले यस वर्ष आफ्नो बेसलाइन आईफोन १६ मोडलहरूमा र्‍याम बढाउन सक्नेछ । 

जानकारीअनुसार प्रो भर्सनहरू सहित आईफोन १६ सिरिजका सबै मोडलहरूमा ८ जीबी र्‍याम हुनेछ । 

र्‍याममा गरिन लागिएको यो वृद्धि आईफोन १६ र १६ प्लसको लागि महत्त्वपूर्ण परिवर्तन हुने बताइएको छ ।

त्यसै गरी आईफोन १५ प्रो मोडलहरूमा पहिले नै रहेको फास्टर वाईफाई ६ई कनेक्टिभिटी समर्थन नन्–प्रो आईफोन १६ मोडलहरूले समेत प्राप्त गर्नेछन् । 

त्यसका साथै आईफोन १६ प्रो मोडलहरूमा एप्पलले २०२३ को आईफोन १५ सिरिजमा प्रयोग गरिएको एक्स ७० को सट्टा क्वालकमको स्न्यापड्रागन एक्स ७५ फाईभजी मोडेम प्रयोग गर्ने पनि पुले आफ्नो रिसर्च नोटमा उल्लेख गरेका छन् । 

यद्यपि नियमित आईफोन १६ र १६ प्लसमा पुरानो एक्स ७० मोडेम नै प्रयोग गरिने छ भने प्रो मोडलहरूमा तीव्र र अधिक कुशल एक्स ७५ समावेश गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?