मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा टाटा पञ्च ईभी लन्च, सुरुवाती मूल्य कति होला ?

काठमाडौं – टाटा मोटर्सले भारतमा नयाँ पञ्च ईभी लन्च गरेको छ। टाटाले अपडेटेड स्टाइल र नयाँ फिचर्सका पञ्च ईभी बुधबार भारतमा लन्च गरेको छ। टियागो ईभी, टिगोर ईभी र नेक्सन ईभी पछि कम्पनीले चौथो फूल ईभी बजारमा ल्याएको हो।

पञ्च ईभी १० लाख ९९ हजार भारु ‘एक्स शोरुम’ को सुरुवाती मूल्यमा प्रस्तुत गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यसको टप भेरियन्टको मूल्य १४ लाख ४९ हजार भारु ‘एक्स शोरुम’ तोकिएको छ। यसलाई दुई ब्याट्री प्याक विकल्प, प्रिमियम फिचर्स र ४२१ किलोमिटर रेञ्जका साथ लन्च गरिएको हो।

यस अल इलेक्ट्रिक माइक्रो एसयूभी लङ रेञ्ज र स्ट्यान्डर्ड भेरियन्टमा ल्याइएको छ। जसमा लङ रेञ्ज भेरियन्टमा ३ ट्रिम र स्ट्यान्डर्ड भेरियन्टमा ५ ट्रिम समावेश छ। जसमा स्मार्ट, एडभेञ्चर, इमपावर्ड र इमपावर्ड प्लस छन्।

साथै कम्पनीले माइक्रो एसयूभीको बुकिङ खुल्ला भएको छ। यसलाई कम्पनीको आधिकारिक वेबसाइट मार्फत २१ हजार भारु टोकन रकम बुझाएर बुक गर्न सकिन्छ। यसको डेलिभरी २०२४ जनवरी २२ मा सुरु गरिने बताइएको छ।

टाटा पञ्च ईभीको डिजाइन २०२३ नेक्सन फेसलिफ्टबाट प्रेरित छ। यसमा नयाँ ग्रिल, एक पूर्ण चौडाईको एलईडी लाइट बार र नयाँ एलईडी हेटलाइट्सका साथै नयाँ अलो ह्वील र कनेक्टेड एलईडी टेलल्याम्प दिइएको छ।

यी बाहेक फ्रन्ट बम्परलाई पनि नयाँ डिजाइन दिइएको छ। कारको साइडमा नयाँ अलो ह्वील डिजाइन र चारै पांग्रामा डिस्क ब्रेक छोडेर धेरै हदसम्म हालको पञ्च जस्तै देखिन्छ। एक्टिभ ईभी प्लेटमा तयार गरिएको यो ब्राण्डको पहिलो सवारी हो।

टाटा पञ्च ईभीको इन्टेरियरको कुरा गर्दा एक ठूलो १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र टाटा लोगोका साथ दुई स्पोक स्टेयरिङ ह्वील पाउन सकिन्छ। यस्तो डिजाइन भर्खर लञ्च भएको टाटाको ह्यारिस र सफारीमा देखिएको थियो।

यसका साथै पञ्च ईभीमा ३६० डिग्री क्यामरा, अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक र एक ब्लाइन्ड भ्यू मोनिटर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस फोन चार्जर, पुश बटन स्टार्ट÷स्टपका साथै साउन्ड सिस्टम लगायत फिचर्स दिइएको छ।

सुरक्षाका लागि पञ्च ईभीमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, अटो होल्डका साथ एक इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रूज कन्ट्रोल र पार्किङ सेन्सरका साथ ३६० डिग्री क्यामरा छ।

टाटा पञ्च दुई ब्याट्री विकल्पका साथ उपलब्ध छ। जसमा २५ किलोवाट आवरको ब्याट्रीको रेञ्ज करिब ३१५ किलोमिटर र ३५ किलोवाट आवरको ब्याट्रीको रेञ्ज ४२१ किलोमिटर भएको कम्पनीको दाबी छ।

पञ्च ईभीमा ३.३ किलोवाटको वाल चार्चर र ७।२ किलोवाटको फास्ट चार्जरको विकल्प पाउन सकिन्छ। पञ्च ईभीले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ। ५० किलोवाटको डीसी फास्ट चार्जरबाट पञ्च ईभी ५६ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

पञ्चको लङ रेञ्जको भर्सनले ९० किलोवाट पावर र १९० एमएमको टर्क जेनरेट गर्छ। स्ट्यान्डर्ड भर्सनमा रहेको ६० किलोवाटको पावर र ११४ एनएम टर्क जेनरेट गर्छ। लङ रेञ्ज भेरियन्टले ९.५ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?