मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मञ्जुलिकाकै रुपमा भूल भुलैया ३ मा आउँदै विद्या

काठमाडौं – गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् ।

साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदैछ ।
यो वर्ष फिल्म हलमा भूल भुलैया ३ हेर्न पाइनेछ ।

फिल्मको सुटिङ मार्चमा शुरु हुने बताइएको छ । फिल्ममा हिरोको रुपमा कर्तिक आर्यन नै देखिनेछन् । निर्देशक अनीस बज्मीको निर्देशनमा बन्न लागेको यो फिल्म अघिल्ला फ्रेन्चाइजी भन्दा धेरै रोमाञ्चक हुने बताइएको छ । फिल्ममा कयौं ट्विष्ट पनि हुने अनुमान गरिएको छ ।

पछिल्लो खबरका अनुसार विद्या बालन पनि यस फिल्मको हिस्सा बन्नेछिन् । फिल्ममा उनी मञ्जुलिकाकै रुपमा फर्किने बताइएको छ । सन् २००७ मा भूल भुलैयामा अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको दमदार अभिनय देखिएको थियो ।

भूल भुलैया ३ को हिरोइन भने अहिलेसम्म घोषणा भइसकेको छैन । केही खबरका अनुसार सारा अली खानलाई कार्तिकको साथमा देख्न पाइनेछ । तर मेकरहरुले हिरोइनका लागि केही अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको बताइएको छ । अहिलेसम्म हिरोइनको नाम फाइनल भइसकेको छैन ।

मेकरहरुले विद्या बालनको अगाडि टिक्न सक्ने अभिनेत्री खोजिरहेको बताइएको छ । सबै कुरा सही भयो भने फेब्रुअरीसम्म फिल्मको फिमेल लिड भेटिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?