मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको कुन दिशामा ऐना राख्ने ? कस्तो ऐना किन्ने ?

काठमाडौं– ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ ।

वास्तुशास्त्रअनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ । यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने मान्यता रहिआएको छ ।

वास्तुशास्त्रअनुसार ऐना घरको उत्तर, पूर्व र पश्चिम दिशामा राख्नु अत्यन्तै शुभ मानिएको छ । यस दिशामा ऐना राख्दा उन्नति र लाभ हुनाका साथै धनसम्पत्ति राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउने गर्छ ।

वास्तुशास्त्रका अनुसार ऐनालाई बेड रुममा राख्नु उचित मानिएको छैन । त्यसैगरी ऐना घरको मुख्य ढोका अगाडि राख्न हुँदैन । त्यसो गर्दा ढोकाबाट आउने सकारात्मक ऊर्जा ऐनामा ठोकेर फर्किन्छ । बाथरुमको पनि दक्षिण र पश्चिम भित्तामा ऐना राख्नु हुँदैन ।

कस्तो ऐना किन्ने त ?

जहिले पनि ऐना किन्दा त्यसमा कुनै दाग वा खोटो नभएको अनुहार स्पष्ट देखिने किन्नु पर्छ, धमिलो अनुहार देखाउने ऐनाले घरमा रोग बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?