मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेटाको ‘बोर्ड अफ डाइरेक्टर्स’ छोड्दै सेरिल स्यान्डबर्ग

काठमाडौं । फेसबुकमा विज्ञापन व्यवसायलाई नाफामूलक बनाउने मेटाको ‘बोर्ड अफ डाइरेक्टर्स’बाट सेरिल स्यान्डबर्ग बिदा हुने भएकी छिन् । प्रविधि उद्योगको सबैभन्दा वरिष्ठ पदमा पुग्ने महिलामध्ये एक रहेकी स्यान्डबर्ग फेसबुकको प्यारेन्ट कम्पनी मेटाको बोर्ड अफ डाइरेक्टर्सबाट बिदा हुन लागेकी हुन् ।

स्यान्डबर्गले आफू बिदा भएर गएपछि आइन्दा दिनमा कम्पनीको अनौपचारिक सल्लाहकार रहने बताएकी छिन् । यसअघि उनी मेटाको चिफ अपरेटिङ अफिसर थिइन्। मेटाका सीईओ मार्क जकरबर्गले कम्पनीमा उनको असाधारण योगदानका लागि धन्यवाद दिए।

फेसबुक सानो कम्पनी छँदै स्यान्डबर्ग यसमा नियुक्त भएकी थिइन्। यसअघि उनले पहिले गुगलमा काम गरेकी थिइन् । उनी छँदै फेसबुक विस्तार हुँदै गयो, यसले इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर पनि किन्यो।

उनका लिन इनः विमिन, वर्क, एन्ड द विल टु लिडजस्ता पुस्तकले उनलाई संसारभर चिनाए। उनले मेटाको सीओओका रुपमा १४ वर्ष र बोर्ड सदस्यका रुपमा १२ वर्ष काम गरेकी थिइन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?