मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फाइटरको अग्रिम बुकिङमै १ करोडको कलेक्सन

मुम्बइ । ऋतिक रोशनको फिल्म ‘फाइटर’ यसै वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । रिलिज हुनुभन्दा दश दिन अगाडि नै फिल्मको शानदार ट्रेलर पनि सार्वजनिक भएको थियो, जसले फ्यानहरुको उत्साह झनै बढाएको छ ।

अहिले दर्शक फिल्मको प्रतिक्षामा छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म फाइटरको अग्रिम बुकिङ पनि भइरहेको छ ।

यसैबीच, फिल्मले दिनहुँ लाखौं नोट कलेक्सन गरिरहेको छ। कोइमोईको रिपोर्ट अनुसार फाइटरले रिलिजको पहिलो दिन अग्रिम बुकिङ कलेक्सनबाट अहिलेसम्म रु ७०.८५ लाख कमाएको छ । अर्थात् अग्रिम बुकिङमा नै फिल्मले १ करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?