मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोहित शेट्टीले दर्शकका लागि गोलमाल ५ ल्याउदै

काठमाडौं – निर्देशक रोहित शेट्टी यति फिल्म गोलमाल ५ को तयारी जुटेका छन् । यसअघिको गोलमाल फिल्मलाई दर्शकले खुबै मन पराएका थिए। कमेडी फिल्मलाई दर्शकले रूचाएसँगै उनले अब गोलमाल ५ ल्याउने तयारी गरेका छन्।

रोहितले निर्देशन गरेको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ छिट्टै रिलिज हुँदैछ। यो वेब सिरिजमा अभिनेत्री शिल्पा शेट्टी, सिद्वार्थ मल्होत्रा, विवेक ओबेरायलगायत कलाकारको अभिनय छ। रोहित अहिले वेब सिरिजको प्रचारप्रसारमा लागिरहेका छन्।

उनले भारतीय संचारमाध्यम पिंकभिलासँग कुराकानी गर्दै ‘गोलमाल ५’ को तयारीमा रहेको बताएका हुन्। उनी आगामी दुई वर्षभित्र फिल्म रिलिज गर्ने तयारीमा छन्। हाल उनी सिनेमा क्षेत्रमा आएको परिवर्तन नियालिरहेको र यो अरू फिल्मभन्दा भव्य हुने बताएका छन्।

उनका फिल्म ‘गोलमाल फन अनलिमिटिड’, ‘गोलमाल रिटर्न्स’, ‘गोलमाल ३’ र ‘गोलमाल अगेन’ लाई दर्शकले मन पराएका थिए। यो फिल्मपछि ‘गोलमाल ५’ लाई पनि दर्शकले मन पराउने रोहितको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?