मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ दयाहाङ र दीया स्टारर फिल्म ‘दयारानी’ को टिजर (भिडियो)

काठमाडौँ– अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको शीर्ष भूमिका रहेको फिल्म ‘दयारानी’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु पतिपत्नीको भूमिकामा छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । टिजरमा सन्तानका लागि पतिलाई दोस्रो बिहे गर्न कर गर्ने पत्नीको कथालाई प्रस्तुत गरिएको छ ।

शैलेन्द्रध्वज कार्कीले खिचेको यो फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने जनाइएको छ ।

यो फिल्म आउँदो आगामी माघ २६ गतेदेखि नेपालभर प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?