मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कप : गण्डकीमाथि सुदूरपश्चिम प्रदेशको फराकिलो जित

काठमाडौं – सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।बिहीबार भैरहवामा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ३०.२ ओभरमा ९३ रन बनाएर अल आउट भएको थियो ।गण्डकीका लागि अस्वानी रानाले २५ तथा कमल परियारले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । गण्डकीलाई कम रनमा आउट गर्नेक्रममा सुदूरपश्चिमका बलर शेर मल्लले ५ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्बाधिक ६० रन बनाएका थिए भने नारायण जोशीले ४६ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर विपिन खत्री र अंकित न्यौपानेले ३(३ विकेट लिएका थिए ।

जारी प्रधानमन्त्री कपमा यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो । यो जितपछि सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ ।त्यसैगरी गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हर हो ।

अब सुदूरपश्चिमले अर्को खेल आगामी सोमबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ भन गण्डकी प्रदेशले आइतबार मुलपानी मैदानमा कोशी प्रदेशविरुद्ध खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?