मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोहित सेट्टीको फिल्ममा बलिउडका तीन खान एकसाथ देखिने

मुम्बई– बलिउडका तीन खान शाहरुख खान, सलमान खान र आमिर खानले हिट फिल्म दिँदै आएका छन् । यी तिनै अभिनेता बलिउडमा कैयन् सुपरहिट फिल्ममा काम गरेका छन् ।

अब भने यी तीनै जना बलिउडमा एकसाथ देखिने भएका छन् । खबरका अनुसार रोहित सेट्टीको एक फिल्ममा यी तीनजनालाई एकै फ्रेममा देखिने भएको छ ।

रोहितले एक अन्तर्वार्ताका क्रममा आगामी प्रोजेक्टका बारेमा यसबारेमा खुलासा गरेका हुन् । उनले कप युनिभर्स (प्रहरी युनिभर्स) अन्तर्गतको फिल्ममा तीन जना अभिनेतालाई एकसाथ ल्याउन लागेका हुन् ।

उनले तीनै अभिनेतालाई एउटै पर्दामा देखाउने भने पनि यसका लागि समय लाग्ने समेत बताएका छन् ।

हालै शाहरुख खान अभिनित फिल्म ‘पठान’ मा सलमान खानको इन्ट्री भएको थियो भने सलमान खानको ‘टाइगर ३’ मा पनि शाहरुख खानलाई देखाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?